name=' '/> चिया गफ

Wednesday, September 14, 2011

काली सुन्दरी ................................???........... " मिस वल्ड " लेइला


यस वर्षको मिस युनिभर्सको ताज अंगोलाकी लेइला लोपेसले पहिरेकी छन् । ब्राजिलको साओ पाओलोमा मंगलबार सम्पन्न मिस युनिभर्स-२०११ मा पहिलोपटक मिस अंगोलाले ताज पहिरेकी हुन् ।
८८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै २५ वर्षीया लोपेस उत्कृष्ट भएकी हुन् ।  उनलाई गत वर्षको मिस युनिभर्स मेक्सिकोकी जिमेना नाभारेटेले ताज पहिरी दिइन् । निणर्ायक प्रतिनिधिहरुले सोधेको 'मौका दिए कुन शारीरिक गुणलाई परिवर्तन गर्न चाहन्छौ' प्रश्नमा यी काली सुन्दरीले 'भगवान्ले जसरी बनाएको छ, म त्यसैमा सन्तुष्ट छु र कुनै परिवर्तन नचाहेको' जवाफ दिएकी थिइन् ।
ताज पहिरेपछि अन्तर्वार्ता क्रममा उनले 'आफूमा भित्री सौन्दर्य रहेको र धेरै राम्रा कुराहरु परिवारबाट सिकेको र त्यसलाई बाँकी जीवनभर लागू गर्ने' बताएकी थिइन् । मिस युनिभर्सको यो ६०आंै संस्करणको दस उत्कृष्टमा अस्ट्रेलिया, कोस्टोरिका, फ्रान्स, युक्रेन, पोर्चुगल, पानामा, फिलिपिन्स, अंगोला, चीन र ब्राजिल परेका थिए भने मिस इन्डिया दस उत्कृष्टमा पनि परिनन् ।
प्रतियोगितामा मिस युक्रेन ओलिसिया स्टेफन्को फस्ट रनरअप, मिस ब्राजिल पि्रसिला माकाडो सेकेन्ड रनर अप, मिस फिलिपिन्स साम्सी सुपसुप थर्ड रनरअप र मिस चीन लुओ जिलिन फोर्थ रनरअप भइन् ।

Friday, September 2, 2011

को गलत को सहि ????????वैद्य कि बाबुराम, प्रचण्ड ???


हतियार-कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णय को विरुद्ध  वैद्यपक्षधर आन्दोलनमा उत्रेका छन् l
यसले फेरी देश को राजनीति ततायको छ lवैद्यपक्षधर को भनाइ मा समायोजन को सबै कुरा एक साथ नबदाई साँचो बुझाउन  सकिदैन l  कसको कदम कति सहि त्यो त नेपाली जनताले फैसला गरलान कि कसो ?

Thursday, September 1, 2011

मलिना बनिन् मिस नेपाल

धरानकी मलिना जोशी यस वर्षकी मिस नेपाल बन्न सफल भएकी छिन्।
५ फिट ६ इन्च अग्ली २३ वर्षकी मलिनाले १८ सुन्दरीलाई पछि पार्दै मिस नेपालको ताज हात पार्न सफल भएकी हुन्। आज राति भएको प्रतियोगिता जितेर उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौँमा एमबीए पढ्दै गरेकी मलिनालाई नृत्य, गीत, संगीत तथा मोडलिङमा रुचि छ।
फर्स्ट रनर अप अनुपमा अउरा गुरुङ र सेकेन्ड रनर अप सरिना मास्के भइन्।

बाबुराम को रोग मुख्य सचिब लाई ll

मुख्य सचिब माधव घिमिरेको श्रीमती लाई थापाथलीस्थित प्रसुतिगृह मा राखियको छ।  जसलाई  भेट्न  प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार बिहान थापाथलीस्थित प्रसुतिगृह पुगेका छन् । उच्च पद का सरकारी कर्मचारी ले सरकारीअस्पतालमा  आफ्नो परिवार लाई लानु बाबुरामको भूत  लागेको होकी  भन्ने हरु पनि छन् ।सबैको यस्तै  बुद्दी आवोस lकि कसो ???

के के गरें बाबुराम ले ???

बाबुराम भट्टराईले नेपालमा बनेको मुस्ताङ गाडी रोजे जहाँ बाट एकल्बे बन्ने  चेस्टा गरे जुन उनकै एस्कर्टिङमा गुड्ने प्रहरीको गाडीभन्दा सस्तो हो। उनको यो कदम जनता को लागि भन्ने नेता हरु लाई सांकेतिक  झापड नै हो  lउनले भनेका छन मेरो प्राथमिकता  शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु ,संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने,गरिबी, बेरोजगारी र महँगीबाट जनतालाई राहत प्रदान गर्ने र   ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त   जनता लाई सुशासन दिने प्रयत्न गर्ने l
                        उनले कति गर्छन  त्यो त हेर्न बाकी छ तर उनले जनताको मनमा  आशा भने जगायका छन्