Wednesday, September 14, 2011

काली सुन्दरी ................................???........... " मिस वल्ड " लेइला


यस वर्षको मिस युनिभर्सको ताज अंगोलाकी लेइला लोपेसले पहिरेकी छन् । ब्राजिलको साओ पाओलोमा मंगलबार सम्पन्न मिस युनिभर्स-२०११ मा पहिलोपटक मिस अंगोलाले ताज पहिरेकी हुन् ।
८८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै २५ वर्षीया लोपेस उत्कृष्ट भएकी हुन् ।  उनलाई गत वर्षको मिस युनिभर्स मेक्सिकोकी जिमेना नाभारेटेले ताज पहिरी दिइन् । निणर्ायक प्रतिनिधिहरुले सोधेको 'मौका दिए कुन शारीरिक गुणलाई परिवर्तन गर्न चाहन्छौ' प्रश्नमा यी काली सुन्दरीले 'भगवान्ले जसरी बनाएको छ, म त्यसैमा सन्तुष्ट छु र कुनै परिवर्तन नचाहेको' जवाफ दिएकी थिइन् ।
ताज पहिरेपछि अन्तर्वार्ता क्रममा उनले 'आफूमा भित्री सौन्दर्य रहेको र धेरै राम्रा कुराहरु परिवारबाट सिकेको र त्यसलाई बाँकी जीवनभर लागू गर्ने' बताएकी थिइन् । मिस युनिभर्सको यो ६०आंै संस्करणको दस उत्कृष्टमा अस्ट्रेलिया, कोस्टोरिका, फ्रान्स, युक्रेन, पोर्चुगल, पानामा, फिलिपिन्स, अंगोला, चीन र ब्राजिल परेका थिए भने मिस इन्डिया दस उत्कृष्टमा पनि परिनन् ।
प्रतियोगितामा मिस युक्रेन ओलिसिया स्टेफन्को फस्ट रनरअप, मिस ब्राजिल पि्रसिला माकाडो सेकेन्ड रनर अप, मिस फिलिपिन्स साम्सी सुपसुप थर्ड रनरअप र मिस चीन लुओ जिलिन फोर्थ रनरअप भइन् ।

1 comment: