Thursday, September 1, 2011

मलिना बनिन् मिस नेपाल

धरानकी मलिना जोशी यस वर्षकी मिस नेपाल बन्न सफल भएकी छिन्।
५ फिट ६ इन्च अग्ली २३ वर्षकी मलिनाले १८ सुन्दरीलाई पछि पार्दै मिस नेपालको ताज हात पार्न सफल भएकी हुन्। आज राति भएको प्रतियोगिता जितेर उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौँमा एमबीए पढ्दै गरेकी मलिनालाई नृत्य, गीत, संगीत तथा मोडलिङमा रुचि छ।
फर्स्ट रनर अप अनुपमा अउरा गुरुङ र सेकेन्ड रनर अप सरिना मास्के भइन्।

No comments:

Post a Comment